१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

त्रिनपा १२ मा नेवारी परिकार तालिम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, माघ ०१, २०८०

त्रियुगा नगरपालिका वडा नं १२ को झिन्गु नेवा : पुच को आयोजनामा ३ दिवसीय नेवारी परिकार तालिमको आइतबार  समापन भएको छ ।पुष २७ गतेदेखि २९ गतेसम्म भएको सो तालिममा १२ नं वडाका १५ जना नेवारी महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममा समयबजी र भोजको परिकारका साथै हरेक पर्वमा बनाइने खानाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो । कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख वसन्त बस्नेत उप-प्रमुख महेश्वरी राई  र कार्यबाहक वडा अध्यक्ष अनिता थापा ले  मन्तव्य राखेका थए  । नगर प्रमुख बस्नेतले  भावी दिनमा नेवा पुचसँग सहकार्य गरेर नगरमा अन्य गतिविधिहरुलाई पनि विशेष जोड दिने उद्घोष गर्नुभयो ।

नेवार समुदाय परिकार र संस्कृतिले सदियौं देखि धनी समुदाय भएको कारणले आयोजित परिकार तालिमले संस्कृति र परिकारको संरक्षणमा टेवा पुग्ने उप-प्रमुख महेश्वरी राई ले बताइन  । भाषा सस्कार र सस्कृति नायाँ पुस्तालाई हस्तान्तरण गर्ने र नया पुस्ताहरुलाई यस्ता तालिमहरु आबस्यक्ता रहेको समेत राई ले बताइन ।

त्रियुगा नगरपालिका भरि बहुसास्कृतिक र विभिन्न जातजातीहरुको बसोबास रहेको बताउदैं सबैले आ–आफ्नो कला संस्कृतिको संरक्षण गर्नु पर्ने १२ नं वडाका कार्यबाहक वडा अध्यक्ष अनिता थापा ले बताइन  । त्यहि अभियान अन्तर्गत वडाले पनि यी र यस्ता कार्यक्रमको लागि सधै सहयोग गर्ने गरेको बताइन  ।समापन कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै नेवारी परिकार चखाइएको थियो ।समापन कार्यक्रम सञ्चालन झिन्गु नेवा पुच को सचिव गोपाल श्रेष्ठ ले गर्नुभएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]