१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

मतदाताहरु सङ् अन्तरक्रिया गर्न कृष्णप्रसाद सिटौला गाईघाटमा

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, पुष २७, २०८०

सत्ता गठबन्धनबाट कोशी प्रदेशमा रिक्त हुने राष्ट्रिय सभा सदस्य पदका लागि कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले शुक्रबार गाईघाटमा आयोजित मतदाताहरु सङ् अन्तरक्रिया तथा परिचय कार्यक्रम गरेका छन् ।

कार्यक्रममा सिटौलाले राष्ट्रको चुनौतीको सामना गर्न सबएदलबीच समझदारी हुन जरुरी भएको उल्लेख गर्दै आफू त्यसप्रति केन्द्रीत हुने बताए । कोसी प्रदेश नामको समस्या अब बार्ताबाट छिटोभन्दा छिटो हल हुन्छ, हामीले जटिल भन्दा जटिल मुद्दा समेत बार्ता बाट हल गरिसकेका छौ उनले भने । उनले पहिचानको नाममा भैरहेको असन्तुष्टिलाई केन्द्र बाट तत्काल सम्बोधन गर्न जरुरी रहेको बताए । उनले प्रदेश लाई अधिकार नदिएको कारण संघियता कार्यान्वयनमा ढिलाइ भैरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]