१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

मदनभण्डारी राजमार्गको गाईघाट-चुहाडे सडकखण्डमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा एक को मृत्यु

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, पुष २६, २०८०

गएराति मदनभण्डारी राजमार्गको गाईघाट – चुहाडे सडकखण्ड अन्तर्गत राजाबासमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो ।रौतामाई गाउँपालिका – ७ मुर्कुचीका ३८ वर्षीय तुलसी मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।माइक्रो र चालक त्रिनपा – १० बोक्सेका ४५ वर्षीय किशोर पोण्डेलाई प्रहरी नियन्त्रणमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]