१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

चौदण्डीगढी नगरपालिकामा निशुल्क मोती विन्दुको सल्यक्रिया

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, पुष २३, २०८०

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आँखाका बिरामीहरूको सुविधाका लागि आइतबार बाट आँखा उपचार शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र नगरपालिका को सहजिकरणमा हिजो देखि निःशुल्क आँखा शिविर सुरु भएको हो ।

तिन दिने सम्म संचालन हुने उक्त सिबिरमा पहिलो दिन  तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट  कुल २ सय ५० जनाको आँखा परीक्षण भएको थियो भने ३८ जनाको मोतिविन्दुको शल्यक्रिया गरेको हो । कोबिट अस्पताल बेटरमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोेग विशेषज्ञ डा. रिता गुरुङ  सहितको टोलीले उपचार गर्नेछ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]