१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

त्रियुगा नगरपालिका वडा न.१ को बरगाछी चोकमा सुरु भयो कृषि हाटबजार

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, पुष ०८, २०८०

त्रियुगा नगरपालिका वडा न.१ को बरगाछी चोकमा आइतबार बाट कृषि हाटबजार सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिका वडा नं. १  ले स्थानीय उत्पादन र कृषकहरूलाई प्रोत्साहन गर्दै आइतबार देखि हाट सञ्चालनमा ल्याइएको हो । वडा न.१ का वडा अध्यक्ष मनोज कुमार चौधरीले हाट बजारको उद्घाटन गरका हुन्  ।हाट बजारमा  वडा वडा न.१ का आसपासका किसानहरूले  उत्पादन गरेका तरकारीजन्य फलफुल र कृषि खाद्यान्न लगायतका सामग्रीहरु  आइतवार हाटबजारमा ल्याएर विक्रि वितरण गरेका थिए ।

बजारको उद्घाटन पछि बोल्दै चौधरी ले यस बजारले किसानहरुको उपजको बजारिकरण र किसानहरुको आय वृद्धिमा नयाँ आयाम ल्याउँछ भन्नेमा आफु विश्वस्त रहेको बताए  ।यो हाटबजारले कृषकहरूलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्मनिर्भर हुन सक्छौँ’ चौधरी ले भने ।उक्त कार्यक्रममा स्थानिय बुद्धिजिबी टोल बिकास सस्थांका अध्यक्ष पत्रकार तथा १ न.वडा का कृषकहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]