११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

नेपाली कांग्रेस उदयपुरको जिल्ला सम्मेलनको तयारी पुरा, गगन थापा आउने

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, पुष ०५, २०८०

यहि पौष ६ गते शुक्रवारका दिन कटारी बजारमा नेपाली कांग्रेस उदयपुरको जिल्ला सम्मेलनमा पूर्ब मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आउने भएका छन् । “सम्मेलको सम्पूर्ण तयारी पूरा भइसकेको छ, सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै पूर्व पार्टी सभापतिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस  उदयपुरका सभापति हिमाल कार्कीका अनुसार सम्मेलनमा करिव एक हजार चार सय प्रतिनिधि र नेपाली कांग्रेस सर्मथकहरुको सहभागी हुने पत्रकार सम्मेलनमा उनले बताए ।“नेपाली कांग्रेसको विद्यान र नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा र प्रतिनिधि सभा क्षेत्रले बर्षको २ पटक तथा पालिका, प्रदेश र जिल्लाले बार्षिक रुपमा १ पटक सम्मेलन गनुपर्ने व्यवस्था भए बमोजिम जिल्लाले बार्षिक सम्मेलन गर्न लागेको जानकारी सँगै । बिधान अनुसार हामीले गएको बर्षनै पहिलो जिल्ला सम्मेलन गर्नु पर्ने थियो तर देशमा भएको स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सोही बर्ष भएकोले पाटीले निर्वाचनमा होमीनु परेको साथै निर्वाचनको नतिजा र समिक्षा गनुपर्ने भएकोले गएको बर्ष जिल्ला सम्मेलन गर्न नसकिएको जानकारी गराउदछौ उनले भने ।

“जिल्ला सम्मेलन विगतको समिक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलो पनि भएकाले उल्लासपूर्ण तरिकाले सम्पन्न गर्न हामी लागि परेका छौं, अहिलेको जिल्ला कार्यसमिति निर्वाचित भएर आएको ‘यो बर्ष’ चार बर्षे कार्यकालको आधारभूमीका रुपमा स्थापित भएको अनुभूति हामीले गरेका छौँ, आम कांग्रेसजन र उदयपुरबासीले अनुभूति गर्ने गरी पार्टीको प्रभावकारी उपस्थिती गाउँ–गाउँसम्म पुर्याउन हामी कर्मशील बनेर लागेका छौँ ।”सभापति कार्कीले बताउनु भयो । सम्मेलनलाई सहमहामन्त्री भिष्मराज आङ्गदावे, केन्द्रिय सदस्य डा।नारायण खड्का, डा।डिला संग्रोला, नारायण कार्की, लक्ष्मि परियार, राजिव कोइराला, राजिव ढुङ्गाना, प्रदिप सुनुवार, मुख्य मन्त्री केदार कार्की,राष्ट्रि सभा सदस्य रमेशजंग रायमाजिले सम्वोधन गर्ने छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]