१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

उदयपुरमा स्कुल बस दुर्घटना: दजर्नौं घाइते

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, मंसिर ०९, २०८०

उदयपुर, ९ मंसिर : मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा दर्जनौं गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुर का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार  दुर्घटना अपरान्ह १ बजेतिर भएको जनाइएको छ । पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको चौधरी ले जानकारी दिए ।

बसमा ३५ जना जति रहेको अनुमान प्रहरीको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई विराटनगरतर्फ रेफर गर्ने तयारी भइरहेको जनाइएको छ । ३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइसकिएको र उनीहरुको उपचार सुरु भएको जनाइएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]