दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार(आज)बाट खुल्ला गरिने भएको छ । आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच आजदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो । यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।
उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]
उदयपुर भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]
उदयपुर भदौ २४— त्रियुगा नगरपालिका गाईघाट स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरूमा मंगलबार जेनजी प्रदर्शनकारी समूहले तोडफोड र आगजनी गरेको छ। प्रदर्शनकारीको भीडले पहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा ढुंगामुढा गर्दै भवनका मुलगेट सिसा र फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू संगमटोलमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ पुगेका थिए। सो क्रममा […]