११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

भोजको खाना खाँदा झाडापखाला र बान्ता, २७ जना बिरामी

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, साउन २४, २०८२

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता लक्षण देखा परेपछि स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ।

बिरामीमध्ये ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन्। सबै बिरामीहरूलाई साउन २२ गते रातिनै  करिब ८ बजे उदयपुर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार २६ जना बिरामीलाई प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ भने एकजना बालकको उपचार हाल पनि जारी रहेको छ। ती बालकको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।

यस घटनापछि प्रहरीले सम्भावित खाद्य विषाक्तता (फुड पोइजनिङ) को आशंकामा घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। भोजमा प्रयोग भएका खाद्य सामग्रीको स्रोत, तयारी प्रक्रिया र भण्डारण अवस्थाबारे जानकारी संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। स्थानीयस्तरमा यस्ता घटनाहरू दोहोरिन नदिन सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]