११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

अब उदयपुरमा नागरिकतामा आमाको नाम अनिवार

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, साउन १४, २०८२

उदयपुर साउन १३— अबदेखि उदयपुरमा नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य रुपमा समावेश गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, गाईघाटले सूचना जारी गर्दै जिल्लाका सबै आठ स्थानीय तहलाई सिफारिस पठाउँदा आमाको नाम अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा हस्ताक्षरित सूचनामा नागरिकता नियमावली, २०६३ अनुसार आमाको विवरण नआएको भन्दै अबदेखि खाली महल नराखी विवरण भर्न अनुरोध गरिएको छ।

“सनाखतका लागि आउने व्यक्तिले अन्य कागजातसँगै आमाको सक्कल नागरिकता पनि अनिवार्य रूपमा ल्याउनु पर्नेछ,” सूचनामा उल्लेख छ।

हाल उदयपुरमा गाईघाटस्थित जिल्ला प्रशासन कार्यालय र कटारीस्थित ईलाका प्रशासन कार्यालयबाट नागरिकता सेवा दिइँदै आएको छ।यसअघि वंशजको आधारमा बुबाको नाम मात्र समावेश गरिँदै आएकोमा अब आमाको नाम पनि अनिवार्य बनाइएको हो।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]