१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

गजेन्द्र भगत अध्यक्षमा निर्विरोध, वरिष्ठ उपाध्यक्षको लागि मतदान हुँदै

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, आषाढ २२, २०८२

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्।

संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष सुनिल कुमार महत्तो र मेला महोत्सव समितिका संयोजक प्रदीप देउजा बीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन समिति अनुसार उम्मेदवारी फिर्ता लिने म्याद सकिएकाले अब असार २२ गते आइतबार दिउँसो ३ देखि ५ बजेसम्म मतदान हुने छ। उक्त जानकारी निर्वाचन समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शुकराम श्रेष्ठले दिएका हुन्।

अन्य पदहरूमा भने अधिकांश उम्मेदवार निर्विरोध चयन भएका छन्। वाणिज्य उपाध्यक्षमा पंकज गुप्ता, उद्योग उपाध्यक्षमा सौगात खतिवडा, एशोसिएट्स उपाध्यक्षमा क्षेत्र बहादुर खड्का निर्विरोध चयन भएका छन्।

महासचिव पदमा पुनः सुनिल साह दोहोरिएका छन् भने सचिवमा तिलक बहादुर श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश चन्द्र मिश्र निर्विरोध निर्वाचित भएका छन्।

सदस्य पदतर्फ खुला समूहबाट दशरथ प्रसाद साह, बासु थापा, प्रदीप कुमार कार्की, राकेश चौधरी र सुनिल कुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महिला सदस्यमा दुर्गा श्रेष्ठ चौधरी र विन्दा कुमारी राउतले निर्विरोध जित हासिल गरेका छन्।

निर्वाचनको बाँकी प्रक्रियालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न संघ र निर्वाचन समितिले आवश्यक तयारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]