११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

कटारी नगरपालिकाको ८७ करोडको बजेट सार्वजनिक, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष प्राथमिकता

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ १४, २०८२

उदयपुर — कटारी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर गिता खड्काले १५औं नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो।

संघ र प्रदेश सरकारबाट अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र मालपोत आयसमेत गरी बजेट विनियोजन गरिएको हो। चालु तथा विविध कार्यक्रमका लागि १४ करोड ४८ लाख, पूँजीगततर्फ ५ करोड ८७ लाख, वडा र विषयगत कार्यक्रमका लागि गरी कुल ४१ करोड ६३ लाख विनियोजन गरिएको छ।

मेयर राजेशचन्द्र श्रेष्ठले गहुँबारी वर्थिङ्ग सेन्टरबाट नगर अस्पताल सञ्चालन, कृषि एम्बुलेन्स सेवा, एक वडा–एक पकेट क्षेत्र कार्यक्रम, र चार वटा वडा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उपमेयर खड्काले कृषि प्राविधिक खटाउने, लैंगिक तथा सामाजिक समावेशीकरण र दलितसम्बन्धी ऐन कार्यान्वयन गर्ने नीतिहरू सार्वजनिक गर्नुभयो।

त्यसैगरी लैंगिक सशक्तीकरण तथा सामाजिक समावेशीकरण सम्वन्धि नीति तथा दलित सम्बन्धि ऐनलाई आगामी आर्थिक वर्षमा पारित गरी कार्यान्वयन गर्ने नगरपालिकाको नीति छ । नीति बमोजिम ऐन वनाएर राजपत्रमा प्रकाशित गरी प्रकृया अघि बढाईने नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]