२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

बेलकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ १४, २०८२

उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो ।

नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा उप(प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत नगरका ९ वटा वडाबाट वडा अध्यक्ष, सदस्य, तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। नगर प्रमुख कार्कीले आगामी बजेट जनताको आवश्यकता र स्थानीय स्तरको विकासलाई केन्द्रमा राखी पारित गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]