११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

उदयपुरको बेलकास्थित बोप्ताङडाँडा पर्यटनको गन्तव्य बन्दै

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङडाँडा हालसालै  पर्यटनको नयाँ केन्द्रको रूपमा परिचित बन्दै गएको छ। तीन वर्षअघि स्थापना गरिएको फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्राइभेट लिमिटेड मार्फत प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण दिइन थालेपछि यहाँको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

स्कुलले १५ दिने प्याराग्लाइडिङ प्रशिक्षणमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उडानसम्बन्धी सिप प्रदान गर्दै आएको छ। प्रशिक्षक सुरेन गुरुङका अनुसार हालसम्म १५० भन्दा बढी प्रशिक्षार्थीले यहाँबाट तालिम लिइसकेका छन।

प्याराग्लाइडिङ प्रशिक्षक जितेन्द्र रोइला भन्छन्, उदयपुरको प्राकृतिक सौन्दर्य, अनुकूल मौसम र भौगोलिक बनावटले यहाँ प्याराग्लाइडिङको अपार सम्भावना बोकेको छ।यद्यपि टेकअफ र ल्यान्डिङ स्थलमा पूर्वाधारको कमी र सरकारी नीतिको अस्पष्टता प्रमुख चुनौती भएको उनी बताउँछन्।

उदयपुरको बेलका ८ बोप्ताङ्गबाट नेपाल कै ठुलो नदी सप्तकोशीको मनोरम दृश्यावलोकन सँगै सुनसरीको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्र, चतरा धाम लगायतको मनोरम दृश्य सहित प्याराग्लाइडिङको उडान गर्न पाउने हुँदा उक्त क्षेत्रलाई राज्यले व्यावसायिक प्याराग्लाइडिङ उडानका लागि आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने देखिन्छ । उदयपुरमा बेलका नगरपालिका ८ बोप्ताङ्ग सँगै चौदण्डीगढी नगरपालिका १ को ऐतिहासिक चौदण्डी दरवार र रौतामाई गाउँपालिका ८ को पर्यटकीय क्षेत्र रौतापोखरी माथिको डाँडा बाट समेत व्यावसायिक प्याराग्लाइडिङको  सम्भावना रहेको छ । यी क्षेत्रमा समेत यस अघि उडान परिक्षण सकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]