१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

उदयपुरको बेलकास्थित बोप्ताङडाँडा पर्यटनको गन्तव्य बन्दै

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२


उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङडाँडा हालसालै  पर्यटनको नयाँ केन्द्रको रूपमा परिचित बन्दै गएको छ। तीन वर्षअघि स्थापना गरिएको फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्राइभेट लिमिटेड मार्फत प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण दिइन थालेपछि यहाँको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

स्कुलले १५ दिने प्याराग्लाइडिङ प्रशिक्षणमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उडानसम्बन्धी सिप प्रदान गर्दै आएको छ। प्रशिक्षक सुरेन गुरुङका अनुसार हालसम्म १५० भन्दा बढी प्रशिक्षार्थीले यहाँबाट तालिम लिइसकेका छन।

प्याराग्लाइडिङ प्रशिक्षक जितेन्द्र रोइला भन्छन्, उदयपुरको प्राकृतिक सौन्दर्य, अनुकूल मौसम र भौगोलिक बनावटले यहाँ प्याराग्लाइडिङको अपार सम्भावना बोकेको छ।यद्यपि टेकअफ र ल्यान्डिङ स्थलमा पूर्वाधारको कमी र सरकारी नीतिको अस्पष्टता प्रमुख चुनौती भएको उनी बताउँछन्।

उदयपुरको बेलका ८ बोप्ताङ्गबाट नेपाल कै ठुलो नदी सप्तकोशीको मनोरम दृश्यावलोकन सँगै सुनसरीको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्र, चतरा धाम लगायतको मनोरम दृश्य सहित प्याराग्लाइडिङको उडान गर्न पाउने हुँदा उक्त क्षेत्रलाई राज्यले व्यावसायिक प्याराग्लाइडिङ उडानका लागि आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने देखिन्छ । उदयपुरमा बेलका नगरपालिका ८ बोप्ताङ्ग सँगै चौदण्डीगढी नगरपालिका १ को ऐतिहासिक चौदण्डी दरवार र रौतामाई गाउँपालिका ८ को पर्यटकीय क्षेत्र रौतापोखरी माथिको डाँडा बाट समेत व्यावसायिक प्याराग्लाइडिङको  सम्भावना रहेको छ । यी क्षेत्रमा समेत यस अघि उडान परिक्षण सकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]

Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · grandpashabet · casibom · grandpashabet · grandpashabet · padişahbet