१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रिवेणी टोल विकास संस्था उत्कृष्ट नमुना टोलको रूपमा घोषणा

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुर, असार १२ — त्रियुगा नगरपालिका वडा नं। १२ अन्तर्गत रहेको त्रिवेणी टोल विकास संस्था आज असार १२ गते, बिहीबारको दिन ‘उत्कृष्ट नमुना टोल विकास संस्था’को रूपमा घोषणा गरिएको छ।२५ वटा सूचकाङ्कहरूमा आधारित मूल्याङ्कनबाट ७८ अङ्कको उच्चतम भार प्राप्त गर्दै त्रिवेणी टोल विकास संस्था नमुना टोल बन्न सफल भएको हो।

उक्त घोषणासँगै आयोजित कार्यक्रममा त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष मन्जु राईको सभापतित्व, त्रियुगा नगरपालिकाका प्रमुख श्री बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता, उपप्रमुख महेश्वरी राई तथा त्रियुगा वडा नं। १२ का वडाध्यक्ष नवीन बान्तवा राईको विशेष आतिथ्यता रहेको थियो। साथै टोल समन्वय समिति अध्यक्ष नवीन राई सहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

नगरपालिकाले नमुना टोल घोषणा स्वरूप त्रिवेणी टोल विकास संस्थालाई प्रमाणपत्र प्रदान गर्नुका साथै प्रोत्साहनस्वरूप नगद रू. १५,००० प्रदान गरेको छ। कार्यक्रममा अतिथिहरूले आगामी दिनमा वडा नं. १२ का अन्य टोल विकास संस्थाहरूले पनि त्रिवेणी टोलको उदाहरण पछ्याउँदै उत्कृष्ट नमुना टोल बन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]