१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

उदयपुरको चप्पनमा भीमेश्वर मन्दिरमा गजूर स्थापना सम्पन्न, निर्माणमा झीगु नेवा: पुच:को सक्रिय भूमिका

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुर, असार १२ – चप्पनमा निर्माणाधीन ऐतिहासिक तथा धार्मिक भीमेश्वर मन्दिरमा मंगलबार विशेष पूजापाठसहित गजूर स्थापना गरिएको छ। विधिपूर्वक सम्पन्न पूजाअर्चना पछि गजूर राखिएको हो, जसले मन्दिरको निर्माण कार्यलाई एक महत्वपूर्ण चरणमा पुर्‍याएको छ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर श्रेष्ठको नेतृत्वमा अगाडि बढिरहेको यस पवित्र संरचनाको निर्माणमा झीगु नेवा: पुच: गाईघाटले विशेष भूमिका निर्वाह गरिरहेको छ। मन्दिर निर्माणको सुरुवात झीगु नेवा: पुच:का आजीवन सदस्य रामकुमार श्रेष्ठको अथक प्रयास र पहलबाट सम्भव भएको हो।

मन्दिर बनाउने अवधारणाको सुरुवात झीगु नेवा: पुच:का सदस्य दिपेन्द्र श्रेष्ठ, नरेश तुलाधर, विजय तुलाधर,टिका कुमारश्रेष्ठ ,गोपाल श्रेष्ठ र दिनेश श्रेष्ठको योजनाबाट भएको हो। मन्दिरको डिजाइन तयार गर्न दिपेन्द्र श्रेष्ठ र विजय तुलाधरले विशेष भूमिका निभाएका थिए।

यस मन्दिरको निर्माणमा स्थानीय समुदायको श्रमदान मात्र नभई आर्थिक पक्षमा समेत सहयोग प्राप्त भएको छ। केन्द्र सरकार, प्रदेश सरकार र त्रियुगा नगरपालिकाको आर्थिक सहयोगले मन्दिर निर्माण कार्यलाई थप सशक्त र व्यवस्थित बनाएको छ।

मन्दिरले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दा र भक्तजनहरूबीच मन्दिरको महत्व दिन प्रतिदिन बढ्दो छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]