११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

सप्तरीमा छुट्टाछुट्टै दुई स्थानमा स्कुटर र साइकल ठोक्किँदा चार जना घाइते

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

सप्तरी, असार १२ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित छुट्टाछुट्टै स्थानमा बुधबार साँझ स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

पहिलो दुर्घटना कञ्चनरुप नगरपालिका–६ परेमारामा साँझ ७स्४० बजे भएको हो। फत्तेपुरबाट कंचनपुरतर्फ जाँदै गरेको प्र।१–०२ प ६१८६ नम्बरको स्कुटरले सोही दिशाबाट अगाडि गइरहेको साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।

दुर्घटनामा साइकल यात्री अन्दाजी ५५ वर्षीय लुटाई खंग घाइते भएका छन्। खंगको खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। स्कुटर चालक सम्भुनाथ नगरपालिका–९ निवासी अन्दाजी २३ वर्षीय अशोक चौधरीको अनुहार र खुट्टामा चोट लागेको छ। दुवै जनाको उपचार धर्मेश्वर अस्पताल, ठेलियामा भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही साँझ ८ बजे कञ्चनरुप–११ स्थित सिमरा चोकमा अर्को दुर्घटना भएको छ। कंचनपुरबाट ठेलियातर्फ गइरहेको प्र।१–०१–००५ प ६५६४ नम्बरको स्कुटरले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री ५५ वर्षीय विजय कुमार मण्डल घाइते भएका हुन्। उनको टाउको र खुट्टामा चोट लागेको र उपचार धर्मेश्वर अस्पताल, ठेलियामा भइरहेको प्रहरीले जनाएको छ। मण्डलको अवस्था मध्यम रहेको बताइएको छ।दुवै घटनाका स्कुटर र साइकललाई इलाका प्रहरी कार्यालय ठेकियाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]