१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ५३ करोडको बजेट

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, आषाढ ११, २०८२

उदयपुर, असार १० — त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२ र ८३ का लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मङ्गलबार सम्पन्न १५ औँ नगरसभामा उपप्रमुख महेश्वरी राईले बजेट प्रस्तुत गरेकी थिइन्, जुन छलफलपछि पारित गरिएको हो।

उपप्रमुख राईका अनुसार बजेटको मुख्य स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक अनुदान तथा राजस्व बाँडफाँडसँगै आन्तरिक स्रोतहरू रहनेछन्। संघीय सरकारबाट १ सय २९ करोडभन्दा बढी र प्रदेश सरकारबाट २२ करोडभन्दा बढी रकम प्राप्त हुने अनुमान छ। नगरपालिकाको आन्तरिक आम्दानी करिब १६ करोड १९ लाख रहनेछ।

यस वर्षदेखि वडागत बजेट सुत्रबद्ध ढंगले विनियोजन गरिएको छ। १६ नं। वडाले न्यूनतम ५३ लाख र ११ नं। वडाले अधिकतम ८२ लाख प्राप्त गर्नेछ। कुल १० करोड ५० लाख बजेट वडागत रूपमा छुट्याइएको छ।बजेटमा चालु खर्चतर्फ ६४ करोड ४० लाख र पुँजीगत खर्चतर्फ ८८ करोड ९४ लाख विनियोजन गरिएको छ।

नगरप्रमुख बसन्त बस्नेतका अनुसार “जनतासँग मेयर”, “जनतासँग उप-मेयर” र “अभरमा नगर” कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइनेछ।

साथै, संघीय तथा प्रदेश सरकारको सहकार्यमा सञ्चालन भइरहेका बहुवर्षीय योजना, साझेदारी संस्थासँगको सहकार्यमा गरिने कार्यक्रम, सडक, नाला, खानेपानी, विद्यालय तथा स्वास्थ्य भवन निर्माण लगायतका विकास योजना बजेटमा समावेश छन्।

नगरप्रमुख बस्नेतले जनताको आवश्यकतामा आधारित योजना अघि बढाइने र बजेट कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता कायम गरिने प्रतिबद्धता जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]