
स्वास्थ्य सुरक्षाको दिगो आधार तयार गर्ने उद्देश्यका साथ त्रियुगा नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख बसन्तकुमार बस्नेतले नगरपालिकालाई पूर्णखोप सुनिश्चित दिगोपाना घोषणा गर्नु भएको हो ।
यो घोषणासँगै नगरपालिका अब ‘पूर्ण खोप सुनिश्चितता प्राप्त दिगो पालिकाका रूपमा औपचारिक रूपमा मान्यता पाएको हो। यसअन्तर्गत पालिकाले खोप कार्यक्रमलाई निरन्तर, नियमित र गुणस्तरीय रूपमा सञ्चालन गर्ने जनाएको छ।
त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख का अनुसार, “खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने हेतुले समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिनुभयो
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र नागरिक समाजका प्रतिनिधि,पत्रकार लगायतको उपस्तिथी रहेको थियो । नगरलाई पूर्ण खोप घोषणा संगै सहभागीहरुले प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका थिए ।