२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

रातापानी र डहर जोड्ने झोलुङ्गे पुल उद्घाटन

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

त्रियुगा नगरपालिकाको नगर प्रमुख बसन्त कुमार बस्नेतले बिहीवार त्रिनपा १६ रातापानी र  त्रिनपा १५ बरुवा डहर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

रातापानीगाउँबाट डहर जोड्ने बरुवा खोलामा कुल ८२ मी लम्बाइ भएको झोलुङ्गे पुल  निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीयहरु  खुसी भएका हुन्। पूर्वाधार निर्देशानलय इटहरीको समन्वयमा संघिय सरकार र त्रियुगा नगरपालिकाको करिव ४२ लाख बजेटले उपभोक्ता समिती मार्फत उक्त स्थानमा पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्दै नगर प्रमुख वसन्त बस्नेतले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने बताउनु भयो । उहाँले आफ्नो ध्यान शहरमा मात्र बिकास नभएर नगरका अप्ठ्यारा र विकट ठाउँ हरुमा पनि आवश्यकता अनुसार बिकास गर्नु पर्ने रहेको उल्लेख गर्नु भयो ।

वडा नं १४, १५ र १६ लाई पर्यटन प्रवर्द्धनका लागि त्यहीँ किसिमको बिकास गर्न सके गाईघाट बजारको मुख्य आयस्रोत बन्ने भन्दै यी वडा हरुमा हिल स्टेसन र पर्यटन सम्बन्धि अन्य योजनाहरु ल्याएर काम गरि रहेको मेयर बस्नेतले बताउनु भयो । कार्यक्रममा वडा नं १५ का अध्यक्ष गणेश तिम्सिना, वडा नं १६ का वडा अध्यक्ष मान बहादुर राई सहित निर्माण उपभोक्ता समितिका अध्यक्ष सहित गाउका शिक्षक तथा अग्रजहरुको उपस्थिति थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]