
उदयपुर गाईघाटमा परम्परागत लाखे नाच सोमबारबाट सुरु भएको छ । हिजो बाट सुरु भएको लाखे नाच श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट भदौ ११ गतेसम्म चल्ने झिगु नेवा पुच गाईघाटका अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।आजबाट श्रीकृष्णजन्माष्टमीको भोलीपल्टसम्म गाईघाट बजार को मुख्य चोक बिभिन्न टोल हुदै ,जलजले , चुहाड़े लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाइने छ ।
आजबाट गाईघाट लगायत मुलुकका विभिन्न सहरमा गाईजात्रा पर्व मनाइँदै छ।वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रासँगै गाई जात्रासमेत मनाउने गरिएको छ ।वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सापारु बनाएर गाईघाट बजारका विभिन्न चोक परिक्रमा गराउने र मृतकको तस्वीरसहित खटमा राखिएको सापारुमा आफन्तजनले पूजाआजा गर्दै मनाइने अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।