११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

दिवंगत पितृहरुको सम्झनामा शान्ति धाममा सामुहिक तुलसी रोपन कार्यक्रम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, भाद्र ०१, २०८१

दिवंगत  पितृहरुको सम्झनामा शुक्रवार उदयपुरको त्रियुगा नगरपालिका १२मा रहेको शान्ति धाममा सामुहिक तुलसी रोपन कार्यक्रम सम्पन्न भएको छ ।

त्रियुगा नगरपालिका १२ स्थित शान्ति धाममा केहि महिना अघिबाट निर्माण सुरु गरिएको तुलसी मठमा  शुक्रवार पुत्रदा एकादसिको अबसरमा आ–आफ्ना पितृहरुको सम्झना स्वरुप  तुलसी रोपिएको हो । केहि महिना अघिबाट आफ्ना आफन्तहरुको स्मृतिमा  शान्ती धाममा निर्माण गरिएको मठमा शुक्रबार एक धार्मिक कार्यक्रमका बिच तुलसी रोपण गरीएको शान्तिधामका प्राचार्य तथा तुलसीमठ निर्माणका सयोजक टंक गुरागाइले जानकारी दिनु भयो ।

शान्तिधाम क्षेत्रमा दिबंगत  भएका आफ्नाहरुको सम्झनामा ब्याक्ति बिशेसबाट  १सय ५१ वटा तुलसीमठ निर्माण गरीएको थियो । उक्त मठमा दिवंगत  हुनु भएका आफ्नतहरुको नाम र निर्माण गर्नेहरुको नाम समेत लेखेर मठ निर्माण गरी तुलसी रोपिएको शान्तिधामका प्राचार्य तथा तुलसी मठ निर्माणका संयोजक  गुरागाइले बताउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]