११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

यामाहाको रे-जेडआर माइलेज च्यालेन्ज गाइघाटमा सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, साउन ३२, २०८१

यामाहाले उदयपुरको गाईघाटमा माइलेज च्यालेन्ज कार्यक्रम सुक्रबार आयोजना  गरेको छ ।

यामाहाले गाईघाटमा  रहेको सुमित्रा अटो वोर्क्स बाट सुरु भएको माइलेज च्यालेन्ज मोतिगडा ,चुहाड़े हुदै रतना रिसोर्टसम्म पुगेर समापन भएको हो । उक्त यामाहा माइलेज च्यालेन्जमा रेजेडआर १२५ एफआई का ग्राहकले सहभागिता जनाएका थिए । यस माइलेज च्यालेन्ज कार्यक्रममा २४  सहभागिता रहेको थियो भने । माइलेज च्यालेन्जमा ६८.३४ किलोमिटरका साथ शोभा चौधरी प्रथम, ६८ . ०४ किलोमिटरका साथ एल्जिना राइ दोस्रो र ६६ किलोमिटरका साथ ममिता राई तेस्रो भएको थियो ।

यामाहाले देशभर नै यसरी माइलेज च्यालेन्ज कार्यक्रम गर्दै आएको छ । यसलाई अझै निरन्तरता दिने कम्पनीले बताएको छ भने यस्तो कार्यक्रमले ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्ने र ब्रान्ड प्रति विश्वास बढ्ने कम्पनीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]