११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

पहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख राहत हस्तान्तरण

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, साउन ३२, २०८१

उदयपुरमा पहिरोमा परी  ज्यान गुमाएका परिवारलाई कोशी प्रदेश सरकारले १ लाख राहत उपलब्ध गराएको छ ।

गत असार ९ गते परेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका उदयपुरको त्रियुगा नगरपालिका १५ खाबु स्थित तोरीबारीका परिवारलाई बिहिवार राहत वितरण गरिएको हो । अविरल वर्षाका कारण पहिरोमा परी ९ बर्षिय रुपकला मगरको मृत्यु भएको थियो ।

कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरे बमोजिम  बिहिवार कोशि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि लिला बल्लव अधिकारी र उप सभामुख सिर्जना दनुवारले घटनास्थलमै पुगेर  आंशिक रुपमा क्षति भएका २३ घरधुरीलाइ टेण्ट ,लत्ताकपडा,खाध्यन,त्रिपाल लगायत अति आवस्यक सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

असार ९ गते लगातार परेको बर्षाका कारण पहिरो जादा खाबुँ स्थित तोरीबारी बस्ने ९ बर्षिय रुपकला मगरको मृत्यु भएको थियो भने उनकि ४० बर्षिय आमा हिराकुमारी मगर र उनको भाइ ७ बर्षिय योगेश मगर गम्भीर घाइते भएका थिए ।  उप सभामुख सिर्जना दनुवारको पहलमा घाइते भएका हिराकुमारी मगर र योगेश मगरको निशुल्क उपचार समेत भएको थियो ।

हस्तान्तरण कार्यक्रममा प्रदेशसभाका माननीय सदस्यहरु त्रियुगा नगरपालिका उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी,बिभिन्न पार्टीका प्रमुख एबम प्रतिनिधि,सुरक्षा निकायका प्रमुख ,सामाजिक सघसस्थाका प्रमुख एबम प्रतिनिधिहरु सहितको टोलि उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]