१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

भारतबाट आएको गोताखोर सहितको प्राविधिक समूह त्रिशूली नदीमा

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, साउन ०६, २०८१

चितवनको सिमलतालमा पहिरोसँगै खसेका बसयात्रुहरूको खोजीमा भारतबाट आएको गोताखोरसहितको प्राविधिक समूह पनि आजदेखि खटेको छ । नेपाल सरकारका तर्फबाट परिचालित उद्धारकर्ताको समूहसँग मिलेर भारतीय सहायता समूह बेपत्ताहरूको खोजीमा जुटेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यसअघि हिजो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सुरक्षा समिति चितवन र भारतबाट आएको नेसनल डिसास्टर रेस्पोन्स फोर्सको टोलीबीचको संयुक्त बैठकले खोजीकार्य र विधिबारे छलफल गरेको थियो । भारतबाट कुनाल तिवारीको नेतृत्वमा १२ जनाको टोली विशेष प्रविधिसहित हिजो शनिबार नै नेपाल आइपुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]