१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

उदयपुरको विभिन्न ठाउहरूमा २१औं राष्ट्रिय धान दिवस मनाईयो

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, आषाढ १७, २०८१

सनिबार  २१औ धान दिवस को अबसरमा  उदयपुरको विभिन्न ठाउहरूमा हर्स उलास्का साथ् रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘जलबायु मैत्री कृषि धान उत्पादनमा बृद्धि ,भन्ने नारा सहित सनिबार  त्रियुगा नगरपालिकाहरुको विभिन्न वडाहरुमा रोपाइँ महोत्सव मनाएको हो ।

रोपाईं महोत्सबमा पर्यटन बन तथा बाताबरण मन्त्रि नारायण बुर्जा मगर र कोशी प्रदेश सभाका उपप्रमुख सिर्जना दनुवारले त्रियुगा नगरपालिका ५ स्थित देउरीमा र उदयपुरगडी गाउँपालिकामा धान रोपेर दिबस मनाएका हुन्

मन्त्रि मगर ले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा मन्त्रि नारायण बुर्जा मगरले  नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानको आत्मबल बढाउने गरेको बताउनुभयो । मगरले धान खेतिको उत्पादनमा अझै बृदि गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख सिर्जना दनुवारले धानको उत्पादकत्व बढाउन सकिने प्रशस्त सम्भावना समेत रहेको भन्दै कृषिनै देश बिकासको आधार भएको बताइन  ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]