१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

चौदण्डीगढी नगरपालिकाको आगामी आर्थिक बजेट ७९ करोड ६३ लाख ३६ हजार

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १२, २०८१

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ७९ करोड ६३ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ ।

चौदण्डीगढी नगरपालिकाले संघ र प्रदेशको सशर्त तथा समपुरक तर्फको ४२ करोड ४२ लाख ८४ हजार बजेट तथा नगरपालिकाको निशर्त तर्फको ३७ करोड २० लाख ५२ हजार बजेट गरि कुल ७९ करोड ६३ लाख ३६ हजारको बजेट नगर उपप्रमुख मणिकादेवी दुलालले सार्वजनिक गर्नु भएको हो ।

नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ४ करोड ५४ लाख ८२ हजार ३ सय ७४ रुपैंयाको राजश्व संकलन गर्ने लक्ष लिएको छ । गत आर्थिक बर्ष २०८०÷०८१ मा ७५ करोड ७३ लाख ६६ हजार ६ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]