२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

गाईघाट स्थित साकेला सांस्कृतिक पार्कमा सुम्निमा पारुहाङको मूर्ति अनावरण

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ ०९, २०८१

उदयपुरको गाईघाट स्थित साकेला सांस्कृतिक पार्कमा सुक्रबार  सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ ।  उक्त मूर्तिको उद्घाटन किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राई र प्रेम चाम्लीङराईले गरेका हुन् ।

किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको मूर्ति उदयपुर जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो ११  फिट को  निर्माण गरिएको हो ।उक्त मुर्ती करिब १८ लाख मा निर्माण गरिएको किरात राइ यायोक्खाका ११, १२, १३ ,वडा का अध्यक्ष सर्बधन राइ ले बताए ।

प्रतिमाको उद्घाटन गर्दै प्रेम चाम्लिङ राईले प्रकृतिमा रहेको सम्पूर्ण जिवजन्तुहरु सबै पारुहाङ सुम्निमको सन्तान रहेको जनाए । सृष्टि उत्पतिका मानव र जिव जन्तुहरु उनिहरुकै सन्तान रहेको र किराती राई समुदायमा पिता, पुर्खाको आत्मा खुसी बनाएर सुःख, शान्ति र संमृद्ध हुने बिस्वास गर्दै सुम्निमा पारुहाङलाई राई समुदायले पितृदेवको रुपमा मान्दै आएको  समेत उनले कथा सुनाए ।। सनिबार साकेला नाचको लागि मोरङ र सुनसरीको बिभिन्न स्थानदेखि १२  भन्दा बढी टोली सहभागि भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]