२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

एमाले उदयपुरकाे अध्यक्षमा भागवत निर्वाचित

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, चैत्र १६, २०८०

नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन्। बिहीबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै उपाध्यक्षमा कालुमान लामा १९२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेको तत्कालीन जिल्ला सचिव तथा चौदण्डीगढी नगरपालिकाका मेयर हुन् ।

सचिवमा टेकबहादुर राउत विजयी भएका छन्। राउतले १९१ मत प्राप्त गर्दा प्रतिस्पर्धी शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत पाएका छन्।

उपसचिवमा हेम खड्काले १९४ मत ल्याएर निर्वाचित भएका छन् । खुल्ला उपसचिवमा ५ जनाको उम्मेदवारी रहेको थियो । जस मध्ये जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३,  दुर्गानन्द चौधरी  ५३ र धर्मबहादुर तामाङले ४६ पाएका छन्। ।

महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छन् ।गंगा राईको  २६० मत प्राप्त गर्दा  उनकी प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खड्काले १२५ मत पाएको  थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]