१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला दुई बेपत्ता

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, चैत्र १३, २०८०

उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ ।तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ।

फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको  छ ।अन्य दुईजना  लोक वहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नगरपालिकाको शव वाहन मार्फत शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाईएको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]