१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

ग्रामिण भेगका महिलामा पाठेघर समस्या भयाभह

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, माघ १५, २०८०

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि परिणाम सोचअनुरुप अझै निस्कन सकेको छैन् । सरकारले सबै स्वास्थ्य संस्थामा कम्तिमा एक जना एमबिबिएस (मेडिकल अधिकृत) चिकित्सक उपलब्ध गराउने नीति तथा कार्यक्रममा ल्याएपनि त्यसको कार्यान्वयन हुन नसक्दा स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको हो ।

ग्रामिण भेगका धेरैजसो स्वास्थ्य संस्थाहरु अहिले पनि अहेव र अनमीको भरमा छन् । सरकारले आवश्यक अनुसार दरबन्दि, पुर्वाधार, जनशक्ति, औषधिउपचारको व्यवस्था गर्न नसक्दा स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको सर्वसाधरणको बुझाई छ ।

त्यसको प्रत्यक्ष मर्कामा सबैभन्दा बढि महिलाहरु पर्ने गरेका छन् । चुलोचौकामा सिमित रहेका महिलाहरु नियमित स्वास्थ्य उपचार, परिवारनियोजनाका साधन बारे अनविज्ञता, दैनिक धुँलो र धुँवामा घरको काम गर्नुपर्दा स्वास्थ्य थप जटिल बन्दै गएको हो ।

जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकाको वडानं ८ पटनाभन्ज्याङमा नगरपालिका, वडा कार्यालय, वल्र्ड नेर्वसको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा महिलाका स्वास्थ्यमा धेरैखालका समस्या देखिएको शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका स्त्रीरोग विशेषज्ञ मुकेश झाले बताए ।शिविरमा अधिकांस महिलामा पाठेघर खस्ने समस्या देखिएको उनले बताए । महिला, पुरुष र बालबालिका गरी १२७ जनामा गरिएको स्वास्थ्य परीक्षणमा ४० जनामा पाठेघर खस्ने समस्या देखिएको उनले बताए । नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपीन र स्यहारसुसारमा कमिहुँदा पाठेघर खस्ने समस्या देखिएको डाक्टर झाको भनाई छ ।

पाठेघरका समस्या भएका ४० महिला मध्ये ११ जनामा महिलाको पाठेघर मुखमा हुन सक्ने सम्भाबित क्यान्सर भिआई पोजेटिभ, ६ जनाको पाठेघरको अप्रशेन गर्नु पर्ने र ७ जनालाई तत्काल रिङप्रेसरी लगाईएको कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् । उनका अनुसार २५ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलामा यो समस्या देखिएको छ ।‘जटिल प्रकृतिका ६ जनाको तत्काल अप्रशेन गर्नु पर्ने देखिएको छ,डाक्टर झाले भने, ‘७ जनालाई रिङ्ग प्रेशरी राखिएको र धेरैजसोको पाठेघर सफा गरेर घर पठाइएको छ ।केहिको पाठेघरको मुखमा मासु पलाएकाहरुको तत्काल अप्रेशन, थप उपचार र परीक्षणका लागि अस्पतालमा झिकाइएको उनले बताए ।

पाठेघरको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको मृत्यु हुने भएकाले क्यान्सर लाग्नै लाग्दा थाहा पाउने गरि प्रयोग गरिने स्पेकुलम औजारबाट गरिने परिक्षणनै भिआईए परिक्षण हो । डाक्टर झाका अनुसार ३० देखि ६० बर्ष सम्मका महिलालाई प्राय पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाईएको छ ।पाठेघरको क्यान्सर बिशेष गरि कलिलो उमेरमा यौन सम्पर्क भएमा, यौन साथी धेरै जना भएमा, रोगबाट लड्ने क्षमता कमि भएमा, धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरेमा क्यान्सर हुन सक्ने उनले बताए ।

शिविरमा जेष्ठ नागरिकमा हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने, सुगर, प्रेसर तथा अन्य उमेर समूह र बालबालिकामा घाउ खटिरा, लुतो लगायत समस्या देखिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडि, इम्पालन्ट, कोलिप, लगायतको सेवा प्रवाह गरिएको उनले बताए ।बच्चादानी खसेका महिलाको निःशूल्क अप्रेसनका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेण्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत ग्रामिण विकास परियोजना’मार्फत सहयोग उपलब्ध गराइने अध्यक्ष थापाले बताए ।

उनका अनुसार महिलाहरुको मुख्य समस्या रहेको पाठेघरको समयमै उपचार गर्न नसके क्यान्सर जस्तो प्राणघातक रोग लागेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने जोखिम हुने भएकाले शिविर सञ्चालन गरिएको हो ।शिविरको उद्घाटन गर्दै कटारी नगरपालिकाका उपमेयर गिता खड्काले ग्रामिण भेगका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने उदेश्यले शिविरको आयोजना गरिएको बताए । उनले भनिन्, ‘गाउँघरका अधिकांस महिलाले पाठेघर खस्ने समस्यालाई लाजले सकेसम्म लुकाउने नसकेपछि मात्र अन्तिम अवश्थामा अस्पताल धाउने गरेकाकारण रोग छिपिने र मृत्यको मुख पुग्न गरेको देखिएकाले उनीहरु प्रति शिविर लक्षित गरिएको हो ।

वडानं ८ का कार्यवाहक वडाध्यक्ष लिलबहादुर राउतले स्वास्थ्यमा पहुँच नपुगेका दुरदराजका जनताका लागि शिविरले सहयोग पुगेको बताए । उनले विरामी भएपछि मात्र अस्पताल धाउने बानीले मानिसमा समस्या उत्पन्न भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]