१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

धापखर्कमा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, माघ १४, २०८०

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १४ साउनेस्थित धापखर्कमा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

धापखर्क युवा क्लबको आयोजना, स्थानीय कालिकादेबी र जनकल्यान सामुदायिक बन उपभोक्ता समितिको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा स्थानीय र छिमेकी जिल्लाहरु खोटाङ लगायत अन्य जिल्लाका चर्चित आठ वटा टिमहरु सहभागि रहेको आयोजकले जनाएका छन् ।

उक्त प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एनफा)का महासचिव किरन राईले गरेका थिए । उद्घाटन कार्यक्रममा वडाअध्यक्ष हेमराज मगर, स्थानीय बन महासंघ अध्यक्ष बेदबहादुर राई, पत्रकार  लगायत अन्य अथितिहरु उपस्थिति रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]