१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

दुईदिने मृगौला परिक्षण सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, माघ १४, २०८०

उदयपुर को त्रियुगा नगरपालिका ३ भुल्केमा समाज काठमाण्डौ र मार्क ईन्टरलेशनल किडनी सेन्टर लाजिम्पाटको सहकार्यमा दुईदिने मृगाैला परिक्षण शिविर सम्पन्न भएको छ । उक्त सिविरमा ३०० जनाले मृगाैला परिक्षण गराएका थिए ।

त्रियुगा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा भएको दुईदिने शिविरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. वाहिनिपति मनाेज वैदवारकाे विशेष आतिथ्यामा उद्घाटन भएकाे शिविरमा समाजकी केन्द्रिय सदस्य समृद्धि राणाकाे संयाेजन तथा ब्यवस्थापन रहेकाे थियाे ।

मार्क इन्टरनेश्नल किड्नी सेन्टरबाट आएका बिशेषज्ञ डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले शिविर संचालन गरेको थियो । शिविर भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा सञ्चालन भएकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]