११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १४ औँ साधारणसभाआज हुदै

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, माघ १३, २०८०

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) बोक्सेको १४ औँ साधारणसभा तथा अधिवेशन शनिबार हुने भएको छ । साधारणसभा बिहान ११ः०० बजेदेखि त्रिनपा १० बोक्सेस्थित नयाँबस्ती खेलमैदानमा सुरु हुनेछ ।कोशी प्रदेशका उपसभापति सिर्जना दनुवारको प्रमुख आतिथ्यता उक्त साधारणसभा सुरु हुने जनाएको छ।

त्रियुगा नगरपालिका वडा नं. १०  का वडा अध्यक्ष किरण पाण्डेले त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी चयन हुने नेतृत्व बलियो होस् भन्दै साधारण सभा भब्य रुपले सफल होस् भनि शुभकामना ब्यक्त गरेको छ  । खानेपानी तथा सरसफाई समितिले घर घरमा खानेपानीको पहुँच पु¥याउनका राम्रो कामहरु गर्दै आईरहेको र त्यसका लागि वडाले सल्लाह सुझाव साथै सक्दो सहयोग गर्दै आईरहेको बताउँदै अब आउने कार्यसमिति बलियो र भएका चुनौतीहरु सामना गर्दै संस्थालाई अझै माथी उठाउने खालको आओस् भन्दै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]