
त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा निःशुल्क मृगौला परीक्षण शिविर संचालन भएको छ । उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरको आयोजनामा उक्त शिविर संचालन भएको हो ।
शिविरमा मार्क इन्टरनेश्नल किड्नी सेन्टरबाट आएका बिशेषज्ञ डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले शिविर संचालन गरेको हो ।शिविरको उद्घाटनको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, विशेष अतिथि नेपाली सेना १८ नं। वाहिनीपति मनोज बैदवारले मन्तब्य दिदै शिविरबाट सर्बसाधारणलाई सहयोग पुग्ने बताए । वडाध्यक्ष तिलक बहादुर कटुवालले कार्यक्रम प्रभावकारी हुनेमा विश्वास ब्यक्त गरे ।
वरिष्ठ मिर्गौला रोग विशेष डाक्टर अर्चन शमसेर रानालेहरेक विहान कम्तिमा एक गिलास पानी खाएमा पनि मिर्गौला स्वस्थ राख्न सकिन्छ । पानीले शरीर भित्रका विषाक्त पदार्थलाई पिसाबका माध्यमबाट बाहिर फाल्न र रक्तचापलाई सन्तलुनमा राख्न मिर्गौलालाई मद्दत गर्दछ ।मानव शरीरमा ६० प्रतिशत पानी हुन्छ । पानीको यो मात्रा घट्दा फोक्सो, मुटुमा समस्या हुने, असामान्य रुपमा थकाई लाग्ने, टाउको दुख्ने जस्ता तत्कालिन र धेरै दीर्घकालिन समस्या देखिन्छन् ।मिर्गौला रोगको शीघ्र पहिचान तथा समयमै त्यसको निदान नै मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएको बताए ।