२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, माघ ११, २०८०

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवा गाउँमा देवरले बन्चरो प्रहार गरी भाउजूको हत्या गरेका छन् ।सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

आफ्नै देबर नाता पर्ने २५ वर्षीय  जियाउल राइनले  जेठी भाउजू तञ्जिला लाई हत्या गरेको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले बञ्चरो प्रहार गरेर भाउजू को हत्या गरेको खुल्न आएको छ।’प्रमुख प्रहरी नायब उपरीक्षक भट्टले भने।

बन्चरो प्रहारबाट भाउजू आँगनमै ढलेपछि जियाउल राइन गाउँदेखि पूर्वपट्टि पर्ने बलान खोला हुँदै भागेर सप्तरीको सुरुंगा नगरपालिकाको थलहा टिकुलिया पुगेका थिए। उनलाई इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी र गाउँलेको सहयोगमा बिहान ११ बजेतिर पक्राउ गरिएको हो

मृतकको श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेकाले तञ्जिलाले सात वर्षका छोरा र पाँच वर्षीया छोरीको साथमा घर–व्यवहार चलाउँदै आएकी थिइन्।गाउँलेका अनुसार लागुऔषध अत्यधिक सेवन गर्दै आएका जियाउलले यसअघि पनि परिवारका सदस्यलाई पटकपटक आक्रमणको प्रयास गर्दै आएका थिए।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]