११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

उदयपुर गाईघाटको वडा नं ११ को एकल र अपाङ्ग नागरिकलाई सम्मान गर्दै न्यानो कपडा वितरण

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, पुष २७, २०८०

जाडो मौसम सुरु भएसँगै उदयपुर गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११ को सामाजिक सुरक्षा भत्तालिने ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई न्यानो कपडा वितरण तथा सम्मान गरेको छ ।

सुक्रबार वडा नं ११ का सामाजिक सुरक्षा भत्तालिने ४ सय २० जेष्ठ नागरिक, १ सय ६५  एकल महिला र ५१ अपाङ्ग गरि ६ सय ३६ जनालाई न्यानो कपडा वितरण वितरण गरेका थिए । त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेत  र वडा अध्यक्ष सुमन्त कोईरालाले सम्मान तथा न्यानो कपडा  लगाईदिंदा सबै जना  दंग परे । वडाले न्यानो कपडा  लगाईदिएकोमा खुशी हुँदै वडाअध्यक्ष कोईराला लाई धन्यवाद समेत दिए ।

त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले वृद्धवृद्धालाई न्यानो कपाडाले सम्मान गर्दै जेष्ठ नागरिक अनुभवका सम्पत्ति, ज्ञान सिप देशको सम्पत्ति र गहना भएकाले सधै सम्मान गर्न पर्ने उल्लेख गरे । यस्तै उपप्रमुख महेश्वरी राईले वृद्धबृद्धा हाम्रो समाजको ऐना भएकोले उहाँहरुलाई सदैव सम्मान गर्न पर्ने धाराणा ब्यक्त गरिन ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]