२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

उदयपुरमा धिमे एवम् बाँसुरी बाजाको आजबाट प्रशिक्षण सुरु

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, पुष ०७, २०८०

उदयपुरको सदरमुकाम गाइघाटमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजाको आजबाट प्रशिक्षण सुरु भएको छ । उक्त तालिमको उद्घाटन मेयर बसन्त कुमार बस्नेत र  वडा अध्यक्ष सुमन्त कोइरालाले गरेका हुन् । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले मौलीक कला, संस्कृति र भाषाको संरक्षणले मात्रै परम्परागत मान्यताहरुलाई जोगाउन सकिने बताउनुभयो । उहाँले नगरक्षेत्रभित्र रहेका कला संस्कृति र सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको लागि नगरपालिकाले आगामी बर्षको निती तथा कार्यक्रममा बिशेष सम्बोधन गर्नेे बताउनुभयो ।युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने बस्नेत ले बताउनु भयो ।

धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउने शिपको क्षमता विकासको लागि सनिबार देखि सुरु भएको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । धिमे बाजा  नेवार समुदायमा सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि झिगु नेवा पुच उदयपुर गाईघाटले बाजाको संरक्षण गर्ने अभियान थालेको हो ।

झिगु नेवा पुच उदयपुर गाईघाटका सह-सचिब  दिपन्द्र  श्रेष्ठले धिमे बाजाको तालिम ८ बर्ष पहिले पनि संचालन गरिएपनि बाँसुरी बाजाको तालिम भने पहिलो पटक आयोजना गरिएको बताउँदै सहभागीहरुलाई तालिमलाई फलदायी बनाउन आग्रह गर्नुभयो । सुधन मुनिकारले उक्त तालिम दिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]