११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

फोक्सिङटारमा सामान ढुवानी सहज बनाउन घिर्नी जडान

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, साउन १४, २०८२

साउन १३ -उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटार क्षेत्रमा स्थानीय बासिन्दाहरूका लागि सामान ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले घिर्नी (केबुल ट्रली) जडान गरिएको छ।

सुनकोशी नदी पार गर्दै दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्म ओसारपसार गर्नुपर्दा स्थानीयहरू निकै सास्ती बेहोर्दै आएका थिए। पुल नहुँदा जोखिमपूर्ण डुंगा यात्रा र लामो परिक्रमाबाट सामग्री ल्याउनु बाध्यता थियो। अब भने घिर्नी प्रणालीको माध्यमबाट सहज, सुरक्षित र छिटो सामान ओसार्न सकिने भएको छ।

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि गाईघाट-दिक्तेल सडकमा सिधा यातायात अहिले पूर्ण रुपमा बन्द भएको छ । सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको हो । फोक्सिङटार क्षेत्रमा पुल निर्माणको प्रक्रिया अघि नबढेसम्म यो घिर्नीले वैकल्पिक सहारा दिने स्थानीयवासीहरू बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]