११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

त्रियुगा नगरमा प्याराग्लाइडिङ पर्यटनको तयारी

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन ०६, २०८२

उदयपुर साउन ५ – त्रियुगा नगरपालिकाले पर्यटकीय क्षेत्रको विविधीकरण गर्दै हावाबाटको साहसिक खेल प्याराग्लाइडिङलाई नयाँ सम्भावना र आकर्षणको केन्द्रको रूपमा विकास गर्ने योजना अघि बढाएको छ।

नगरप्रमुख बसन्त कुमार बस्नेत को नेतृत्वमा हालै त्रियुगा नगर क्षेत्रभित्रको राते डाँडा क्षेत्रमा प्याराग्लाइडिङका सम्भावनाबारे प्रारम्भिक अध्ययन र अवलोकन भ्रमण गरिएको हो।भूगोल र दृश्यावलोकनको दृष्टिले अत्यन्त आकर्षक र उपयुक्त देखिएको राते डाँडामा साहसिक हवाई खेलको प्रचुर सम्भावना रहेको निष्कर्ष निकालिएको छ।

त्रियुगा नगरमा प्याराग्लाइडिङको इतिहास भने नयाँ होइन। २०७९ सालमा नै Flying Wonders Paragliding School टोलीले राते डाँडाबाट पहिलो परीक्षण उडान गरिसकेको थियो।जसले नगरको आकाशमा पहिलोपटक प्याराग्लाइडिङको पखेटा फैलाएको ऐतिहासिक दिन बनाएको थियो।त्यही परीक्षणलाई आधार बनाएर अहिले नगरपालिका थप प्राविधिक मूल्याङ्कन, पूर्वाधारको विकास, तथा निजी क्षेत्रको सहकार्यमा सुरक्षित र व्यवस्थित रूपमा नियमित उडानका लागि तयारी गरिरहेको छ।

त्रियुगा नगरपालिकाले यसअघि जल पर्यटन र्‍याफ्टिङ र कायकिङ० को विकासमा सफलता पाइसकेको छ। अब साहसिक हवाई खेललाई अघि बढाउँदै नगरलाई समग्र साहसिक पर्यटन केन्द्रको रूपमा उभ्याउने लक्ष्य लिएको छ। यसबाट आन्तरिक र बाह्य पर्यटक आकर्षण बढ्नुका साथै स्थानीय स्तरमा रोजगारी, आयआर्जन र पूर्वाधार विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

नगरप्रमुख बस्नेत संग कुरा कानी गर्दा जसरी पनि यो योजनालाई साकार पार्छौं। यो केवल पर्यटकीय सम्भावना होइन, त्रियुगा नगरको भविष्यको पहिचान हो। उनले भने

यस योजनाले त्रियुगा नगरलाई केवल धार्मिक र जल पर्यटनमै सीमित नराखी, साहसिक खेल पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्ने आशा गरिएको छ।राते डाँडाबाट सुरु भएको यो पहल केवल एक पर्यटकीय कार्यक्रम होइन, त्रियुगा नगरको नयाँ पहिचान निर्माणको आधार बन्ने संकेत देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]