११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

साउनको पहिलो सोमबार : इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन ०६, २०८२

उदयपुर साउन ५ – साउन महिनाको पहिलो सोमबारको अवसरमा त्रियुगा नगरपालिका–११,  ढिम्की स्थित  इन्द्रेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। बिहान ५  बजेदेखि नै दर्शनार्थीहरूको लहर सुरु भएको थियो।

साउन महिनाका सोमबारहरू भगवान् शिवको विशेष दिन मानिन्छ। यसै कारण आज उदयपुरका शिवालयहरूमा पूजाआजा, अभिषेक र दर्शनका लागि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको हो। त्रियुगा बसपार्कस्थित शान्तिधाममा समेत भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। शिवभक्तहरूले जल, दूध, दही, बेलपत्र, धतुरो, लगायत सामग्री अर्पण गर्दै “ओम् नमः शिवाय” जप गरेका थिए।

यस्तै, झीगु नेवाः पुचः गाईघाट ले विगत वर्षहरू झैँ यसपटक पनि भक्तजनहरूका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ। संस्थाका सचिब गोपाल श्रेष्ठ का अनुसार, घाम र गर्मीले भक्तजनलाई असहज नहोस् भनेर हामीले पानी वितरण गरिरहेको बताए । धार्मिक गतिविधि व्यवस्थित बनाउन स्थानीय प्रशासन, नगर प्रहरी र स्वयंसेवकहरूको विशेष सक्रियता देखिएको थियो।

इन्द्रेश्वर महादेव मन्दिरमा पूजाआजा गर्दै भक्तजन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]