१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

चुरे मन्दिर परिसरमा सरसफाइ तथा फुलको बिरुवा रोपण कार्यक्रम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, साउन ०५, २०८२

उदयपुर, साउन ४ – त्रियुगा नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक चुरे मन्दिर परिसरमा वाईसियल नेपाल जिल्ला समन्वय समितिको आयोजनामा तथा नेकपा (माओवादी केन्द्र) त्रियुगा–६ वडा पार्टी समिति‍को सहकार्यमा सरसफाइ तथा फूलको बिरुवा रोपण कार्यक्रम सनिवार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत मन्दिर परिसरको वातावरणीय संरक्षण र सौन्दर्यकरणका लागि फूलका विभिन्न जातका बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा विशेष सहभागिता जनाउँदै बिरुवा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याउनु भएका नेकपा (माओवादी केन्द्र) का युवा नेता प्रवेश खड्काले यस्तो खालको सामूहिक पहलले धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा टेवा पुर्‍याउने बताए।

कार्यक्रममा वाईसियल नेपालका जिल्ला तथा स्थानीय नेतागण, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता, स्थानीयवासी तथा त्रियुगा नगरपालिका वडा नं.६का विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वाईसियलको २ महिने अभियान अन्तर्गत पहिलो दिन गाईघाटस्थित थरुहट रंगशाला भित्र पलाएको झारपात छाटकाट,भत्किएको तारको बार मर्मत तथा नाली सरसफाई गरिएको थियो  ।

वाइसियलको केन्द्रीय सदस्य ज्ञानेन्द्र मगरले बिभिन्न क्षेत्रमा वाइसियलको सहभागीता जुटाउने उदेश्यका साथ श्रम अभियानको सुरुवात गरिएको बताएका छन् । २ महिना सम्म चल्ने अभियानमा वाइसियलको नेतृत्वमा सबै युवाहरुलाई श्रमको अभियानमा जुटाएर अगाडी बढाउने उनले बताए । श्रम बिना देशको विकास असम्भव हुने महसुस गर्दै संगठनले यो अभियान संचालन गरेको बताउदै सहभागीहरूले धार्मिक स्थलको सरसफाइ र हरियाली अभियानलाई निरन्तरता दिँदै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]