१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

उदयपुरमा ५० किमीको कोरा साइकल यात्रा सुरु – झीगु नेवा: पुच:को सांस्कृतिक साथ

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, साउन ०४, २०८२

उदयपुर, साउन ३ —उदयपुर साइकलिङ संघको आयोजनामा ‘उदयपुर कोरा २०२५’ साइकल च्यालेन्जको भव्य सुरुवात गरिएको छ। प्रत्येक वर्ष जुलाईको शनिबार आयोजना हुँदै आएको यो च्यालेन्ज यस वर्ष सदरमुकाम गाईघाट देखि सुरु भई जलजले, चुहाडे, राजाबास ,बहेडवा भुल्के रातमाटे हुँदै बोक्सेस्थित होटल वल्ड दरबार सम्मको करिब ५० किलोमिटर लामो साइकल यात्राका रूपमा सम्पन्न हुने भएको छ।

कार्यक्रमको प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले रिबन काटी यात्राको औपचारिक शुभारम्भ गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय तह, संघ–संस्था तथा नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

उदयपुर साइकलिङ संघका अध्यक्ष माधव बानियाँका अनुसार, “यस च्यालेन्जको मूल उद्देश्य संस्कृतिको संरक्षण, लागुऔषधमुक्त समाज निर्माण, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउनु हो।”

यसपटकको कार्यक्रममा गाईघाटस्थित झीगु नेवाः पुचःले सांस्कृतिक र ससम्मान सहभागीता जनाएको थियो। पुचःका सदस्यहरूले खादा, माला र सगुन वितरण गर्दै नेवारी सांस्कृतिक बाजागाजासहित साइकल यात्रुहरूको बिदाइ गरेका थिए। सांस्कृतिक धुन र नेवारी परम्परागत पहिरनले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

संघले यस अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिँदै स्थानीय युवाहरूमाझ सक्रियता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना जगाउने उद्देश्य लिएको बताएको छ। ‘उदयपुर कोरा’ अब केवल साइकल यात्रा होइन, जीवनशैली परिवर्तनको अभियान बनेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]