२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

उदयपुरमा नापतौल शिविर जारी, ५० भन्दा बढी व्यवसायीले लिए सेवा

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, आषाढ २५, २०८२

उदयपुर २५ असार-  जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको समन्वयमा त्रियुगा नगरपालिका बसपार्क नजिक संघको कार्यालय परिसरमा सञ्चालित तीनदिने नापतौल शिविर हाल जारी छ।

नापतौल शिविर मिति २०८२ असार २४, २५ र २६ गते सञ्चालन गरिएको उक्त शिविरमा उद्योगी, व्यापारी तथा व्यवसायीहरूले आ–आफ्नो नाप्ने, तौलने यन्त्र, उपकरण, ढक तराजुहरूको परीक्षण, नयाँ दर्ता तथा नविकरण गराएका छन्।

शिविर गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईको नेतृत्वमा सञ्चालन गरिएको थियो।जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले उद्योगी व्यवसायीहरूका लागि सहज र कानुनी रूपले व्यवसाय सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए। संघका महासचिव सुनिल साहका अनुसार  शिविरमा ५० जना भन्दा बढीले आफ्नो ढक तराजु तथा नाप तौलका सामग्री नविकरण तथा चेक जाँच गरेको र बाँकी दिनमा अझै थप व्यवसायीहरूको सहभागिता रहने जानकारी दिए ।

संघले यस्तो कार्यक्रमले व्यवसायीहरूलाई कानुनी दायरामा रही गुणस्तरीय सेवा प्रवाह गर्न प्रेरित गर्ने विश्वास लिएको छ। शिविरमा सहभागिताका लागि संघले सबै उद्योगी तथा व्यवसायीहरूलाई आ–आफ्ना उपकरणसहित बिहिवार २६ गते सम्म उपस्थित भई नाप्ने, तौलने यन्त्र, उपकरण सहित आउन आग्रह गरेकाछन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २५ असार-  जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको समन्वयमा त्रियुगा नगरपालिका बसपार्क नजिक संघको कार्यालय परिसरमा सञ्चालित तीनदिने नापतौल शिविर हाल जारी छ। नापतौल शिविर मिति २०८२ असार २४, २५ र २६ गते सञ्चालन गरिएको उक्त शिविरमा उद्योगी, व्यापारी तथा व्यवसायीहरूले आ–आफ्नो नाप्ने, तौलने यन्त्र, उपकरण, ढक तराजुहरूको परीक्षण, […]

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]