१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

लाखे नाच र संस्कृति संरक्षणमा दिपक श्रेष्ठको अद्वितीय योगदान

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ २१, २०८२

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल का स्थायी बासिन्दा हुनुहुन्छ।

झिगु नेवा:पुच:गाईघाट को संयोजनमा उहाँले त्रियुगा नगरपालिका भित्रका वडाहरूमा लाखे नाचको प्रशिक्षण दिँदै संस्कार, संस्कृति, र परम्पराको जगेर्नामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। कटारी नगरपालिका, ताप्ली गाउँपालिका, र त्रियुगा नगरपालिका लगायतका विभिन्न स्थानहरूमा लाखे नृत्य प्रशिक्षण दिँदै, युवाहरूमाझ नेवार समुदायको सांस्कृतिक चेतना फैलाउन उहाँ निरन्तर लागिपर्नु भएको छ।

धेरैले लाखे नाचलाई केवल एक परम्परागत नृत्यको रुपमा हेर्छन्, तर दिपक श्रेष्ठका लागि यो एउटा जीवन दर्शन हो। गाईघाट को झिगु नेवा:पुच: बाट उदाएका दिपक श्रेष्ठले बाल्यकालदेखि नै लाखे नाचलाई आत्मसात गरे, र समयसँगै यसलाई आफ्नो पहिचान बनाउँदै आज उदयपुरमा एक सम्मानित लाखे नृत्य प्रशिक्षकको रूपमा स्थापित भएका छन्।”लाखे केवल नाच होइन, यो हाम्रो जातीय पहिचान हो,” उनी भन्छन्।

उहाँद्वारा प्रशिक्षित कलाकारहरूले पूर्वाञ्चल लाखे प्रतियोगिता, चैनपुरमा प्रथम स्थान हासिल गर्दै उदयपुरको समग्र नेवार समुदायको शिर उच्च पार्ने काम गरेका छन्। परम्परागत बाजाहरूमा आधारित प्रशिक्षणमार्फत ढोल, धिमय, बाँसुरी, खिँ, झ्याली, झ्याम्टा, मादल जस्ता बाजाहरूलाई समेटी नयाँ मिश्रित घुन तयार पार्नु उहाँको विशेष उपलब्धि मानिन्छ। अहिले धेरै जसो ठाउमा उदयपुरको लाखे प्रदसनी कार्यक्रममा उहाँकै नयाँ मिश्रित धुन  बजाउने गरको छ ।

उहाँको निरन्तर समर्पणलाई सम्मान गर्दै, स्वर्गीय धनकुमार श्रेष्ठ पुरस्कार तथा दोसल्लाले उहाँलाई सम्मान गरि सकेको छ, जसले उहाँको नेवा सांस्कृति सेवाको मान्यता दिन्छ।

उहाँले बारम्बार जोड दिँदै आउनुभएको छ:“अब हाम्रो भाषा, संस्कृति र रीतिरिवाज जोगाउने जिम्मेवारी हामी सबैको हो। हामी छुट्टिएर होइन, हातेमालो गरेर अगाडि बढ्नुपर्छ।” श्रेष्ठको यात्रा लाखे नाचको स्वरूप मात्र नभई, यसको आत्मा बनिसकेको छ। श्रेष्ठले एउटा परम्परागत नाचलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका छन्।

दिपक जस्ता व्यक्तिहरूको अथक प्रयास र समर्पणकै कारण हाम्रो मौलिक पहिचान, संस्कार, र सम्पदा जोगिन सकेको छ। उहाँको सांस्कृतिक यात्राले उदयपुरको नेवार समुदायमा दिपक प्रेरणाको स्रोत बनेको छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]