११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

डिजिटल शिक्षातर्फ नगरपालिकाको कदम:चार विद्यालयलाई ICT सामग्री प्रदान

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १९, २०८२

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो।

आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत सामग्री वितरण भएको विद्यालयहरुको अनुगमन नगरपालिकाका उपप्रमुख महेश्वरी राईको नेतृत्वमा गरिएको थियो।

उपप्रमुख महेश्वरी राईले अनुगमनका क्रममा भन्नुभयो, आधुनिक प्रविधि प्रयोग गरी शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिँदै यस्तो कार्यक्रमले नगरभित्रका सरकारी विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्दै विद्यालयमा प्रविधि प्रवेशले विद्यार्थीको सिकाइ प्रक्रिया सहज, आधुनिक र प्रभावकारी संगै नगरपालिकाले प्रविधिमैत्री शिक्षामा लगानी बढाउँदै जाने र  आगामी दिनमा पनि शिक्षा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै थप विद्यालयहरुलाई यस कार्यक्रमअन्तर्गत समेट्ने योजना बनाएको जानकारी दिनु भयो ।

वितरण भएका सामग्रीको विवरण यसप्रकार छ:
१.सिद्धबती माध्यमिक विद्यालय, खाबू स्मार्ट बोर्ड : २ थान -ठूलो साइजको स्पिकर : १ थान।,ल्यापटप : ४ थान,४३ इन्चको LED : १ थान
२खाटमन्दिर माध्यमिक विद्यालय -डेस्कटप कम्प्युटर : २ थान ,ल्यापटप : ४ थान, प्रोजेक्टर : १ थान,ट्रोली स्पिकर : १ थान,पोर्टेबल स्पिकर : ३ थान,एम्प्लीफायर : १ थान,स्मार्ट टिभी : १ थान, प्रिन्टर : १ थान
३. जनता माध्यमिक विद्यालय, देउरी-च्यानल बोर्ड : २ थान,स्मार्ट टिभी : १ थान,सीपीयू : ६ थान,,डेस्कटप : १ थान,स्पिकर : ६ थान
४ .जरेप माबिमा -१० वटा कम्पुटर :प्रिन्टर १ थान :ल्यापटप १ थान :स्पिकर १ थान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]